२२ मंसिर २०८०, शुक्रबार Friday 8 December, 2023

विश्वकप फुटबल : दीपिका पादुकोणले फाइनल खेलमा ट्रफी अनावरण गर्ने

 मङ्लबार, मंसिर २० २०७९  

काठमाडौं । कतारमा अहिले फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुँदैछ ।

दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिईएको छ । दीपिका पादुकोणले फाइनल खेलको ट्रफी अनावरण गर्नेछन् ।

दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् ।

पहिलो पटक कुनै अभिनेत्रीले यस्तो सम्मान पाएकी हुन् । दीपिका पादुकोणको चर्चा भारतमा मात्र नभई अन्य देशमा पनि हुने गरेको छ ।

दीपिकाले हलिउड फिल्ममा पनि काम गरिसकेकी छन् । अब दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलका लागि कतार पुग्नेछन् । यहाँ पुगेसँगै दीपिकाले फिफा विश्वकप ट्रफी अनावरण गर्ने भएकी हुन् ।

तर, यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । मिडिया रिपोर्टका अनुसार दीपिकाको नाम लगभग तय भइसकेको छ । दीपिका १८ डिसेम्बरअघि नै कतार प्रस्थान गर्नेछिन् । हालै फिफाको प्रतिस्पर्धा अघि नोरा फतेहीले पनि यहाँ प्रदर्शन गरेकी थिइन् ।

दीपिका अहिले ग्लोबल स्टार बनेकी छन् । हलिउडमा धेरै फिल्म गरेपछि हालै दीपिकाले पनि आफ्नो व्यापार पनि सुरु गरेकी छन् । दीपिका पादुकोणलाई फिफा विश्वकपमा बोलाइनु उनको लागि ठूलो उपलब्धि हुनेछ ।

हालै दीपिकालाई कान्स फिल्म फेस्टिबलमा निर्णायक सदस्यको रुपमा पनि चुनिएको थियो । गोल्ड ब्युटी रेशियोमा पनि विश्वका १० सुन्दर नायिकामा दीपिका पादुकोणको नाम पनि आएको थियो ।

प्रतिक्रिया सबै