१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

नेप्सेमा आज पनि गिरावट

 मङ्लबार, मंसिर २० २०७९  

काठमाडौं । आज पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । नेप्से सूचक आज ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो । आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसरा आज ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको हो ।

अघिल्लो दिन २४ अंक बढीले नेप्से घटेको बजारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर किनबेच भएको थियो ।

आज जीवन बीमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् । आज पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ८.१७ प्रतिशतले कमाएका छन् भने एनएमबी बैंक लिमिटेडका लगानीकर्ताले ६।०७ प्रतिशतले गुमाउन पुगेका छन् ।

आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको ८ करोड १२ लाख ३४ हजार ७९९ रुपैयाँ बराबरको ५८० कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया सबै