१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

देशभर चिसो बढ्यो : तराईमा हुस्सु र कुहिरो, सावधानी अपनाउन अनुरोध

 बुधबार, मंसिर २१ २०७९  

काठमाडौं । देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । आज बिहानैदेखि हुस्सु र कुहिरोले चिसो बढाएकाले चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका अधिकांश भूभागमा तापक्रम क्रमश घट्दै गइरहेको छ । हाल देशको पहाडि भूभागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम समान्यतया सफा रहने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो गण्डकी र प्रदेश १ का साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने भएको छ ।

प्रतिक्रिया सबै