सरकारका प्रवक्ता भन्छन् : महाअभियोग जीवित छ, अब नयाँ संसदमा छलफल हुन्छ

काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग विषय जीवितै रहेको र अब बस्ने नयाँ संसद बैठकमा यसबारे छलफल गरिने बताए ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नमाथि जवाफ दिँदै सरकारका प्रवक्ता कार्कीले राणामाथि लगाइएको महाभियोग जीवितै रहेको बताएका हुन् ।
राणामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने भन्दै उनले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसदको सम्पत्ति भएको पनि बताए । ‘महाभियोगको विषय जिवितै छ । अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुन्छ । महाभियोग संसदको सम्पत्ति हो । नयाँ संसदमा यसबारे छलफल गरेर निर्णयमा पुग्छौं’, उनले भने ।
संघीय संसद् सचिवालयले भने चोलेन्द्रलाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको छ । सोही पत्रका आधारमा चोलेन्द्रशमशेर सर्वोच्च आउन लागेका छन् । नेपाल बारलगायतले चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने बताइरहेका छन् ।
यो पनि
निलम्बित प्रधानन्यायाधीश जबरालाई रोक्न सर्वोच्चको गेटमा कानुन व्यवसायीहरुको धर्ना