१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

सर्वोच्च प्रशासनको आदेशबिना जबरालाई प्रवेश नदिन प्रहरीहरूलाई निर्देशन

 बुधबार, मंसिर २१ २०७९  

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरूले सर्वोच्च अदालतमा तैनाथ प्रहरीहरूलाई सर्वोच्चको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन आदेश दिएका छन् ।

संसद्‍ सचिवालयका महासचिव भरतराज पौडेलले जबरामाथिको महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा जाने तयारी गरेका छन् ।

यसबीच अहिले नेपाल बार एसोसिएसनले सर्वोच्चमा धर्ना जारी छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि जबरामाथिको महाभियोग जीवीत नै रहेको बताएका छन् ।

गत फागुन १ गते ९८ जना सांसदहरूले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । तर मंसिर ४ गतेको निर्वाचनका कारण महाभियोग प्रक्रिया प्रभावित बनेको थियो ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

जबरामाथि लागेका विभिन्न आरोपमाथि अनुसन्धान गर्न महाभियोग सिफारिस समिति गठन भएको थियो । समितिले जबरालाई महाभियोग लगाउन सिफारिससमेत गरेको थियो ।

सिफारिस समितिका बहुमत सदस्यले राणालाई महाभियोग लगाउन सिफारिस गरेका थिए । एमाले र लोसपाका सदस्यले निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत लेखेका थिए ।

महाभियोग सिफारिस समितिले प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनसम्म प्रतिवेदन दिन नसक्दा संसद्ले महाभियोग प्रस्ताव टुंगोमा पुर्‍याउन सकेको थिए ।

महाभियोग छिनोफानो नभई प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निलम्बित प्रधानन्यायाधीश नियमित कामकाजमा फर्कन पाउँछन् वा पाउँदैनन् भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन ।

बुधबार संसदका महासचिव डा। भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका छन् । प्रधानन्यायाधीश जबराले सुरक्षा व्यवस्थाको तयारी गरेर आजैदेखि काममा फर्कने बताएका छन् ।

प्रतिक्रिया सबै