१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

सर्वोच्च परिसरमा वकिलहरूमाथि जुत्ता प्रहार, चोलेन्द्रको समर्थन गर्ने महिला पक्राउ

 बुधबार, मंसिर २१ २०७९  

काठमाडौं । सर्वोच्च परिसरमा वकिलहरूमाथि जुत्ता प्रहार भएको छ । सर्वोच्च फर्कन लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रोक्न धर्ना बसेका अधिवक्ताहरूमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् ।

जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जबराको पक्षमा नारा लगाउँदै उनले अधिवक्ताहरूमाथि जुत्ता प्रहार गरेकी हुन् ।

जबरा सर्वोच्च प्रवेश गर्ने तयारी गरेपछि यतिबेला अदालत परिसरमा तनाव सिर्जना भएको छ । नेपाल बार एसोसिएसनले जबराको प्रवेशलाई रोक्न धर्ना दिइरहेको छ । बारले जबरलाई अवरोध गर्ने तयारी गरेपछि जबराका समर्थकहरु पनि अदालत पुगेका हुन् ।

जबरालाई अदालतमा प्रवेश दिनुपर्छ भन्दै सर्वोच्च पुगेकी तारा बराललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्भावित तनावलाई रोक्न बराललाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया सबै