तारा एयरको विमान चिलसँग ठोक्किँदा…
बुधबार, मंसिर २१ २०७९

काठमाडौं । तारा एयरको ट्विनअटर विमान हुम्लाको मने लेक नजिकै चिलसँग ठोक्किँदा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन ।
चिलसँग जहाज ठोक्किएपछि हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षित रुपमा जहाज अवतरण गरिएको हो ।
बुधबार दिउँसो १२ः४५ बजे नेपालगन्जदेखि सिमकोट विमानस्थल हुम्ला आउँदै गरेको ९ एन—एकेएल कलसाइन भएको तारा एयरलायन्सको जहाज सिमकोट विमानस्थलमाअवतरण गर्न करिब २ मिनेट अगाडि अगाडिको टुप्पोमा चिल ठोक्किएको हो ।
जहाजको अगाडिको भागबाट चिल ठोक्किएर जहाजको नोजभित्र चिल छिरेको सिमकोट विमानस्थलका कर्मचारीहरूको भनाई छ ।
नेपालगन्जदेखि चामल लिएर आएको जहाजमा चालक दलका तीन जान सदस्य भने सकुशल रहेको र अहिले उक्त जहाज सिमकोट विमानस्थलमै राखिएको छ ।
प्रतिक्रिया
सबै