१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

संसद सचिवालयका महासचिवलाई कारबाही गर्न नेपाल बारको माग

 बुधबार, मंसिर २१ २०७९  
तस्विर फाईल

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको संसद सचिवालयको पत्रलाई कार्यान्वयन नगर्न माग गरेको छ ।

मंगलबार संसद सचिवालयले लेखेको पत्रले संविधान, ऐन, कानून तथा संसदीय मूल्य, मान्यताको उल्लंघन गरेको नेपाल बारले ठहर गरेको छ ।

संसद सचिवालयले लेखेको पत्र शून्यप्रभावी रहेकाले कार्यान्वयन नगर्न बारले माग गरेको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई कारबाही गर्नसमेत बारले माग राखेको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले निकालेको विज्ञप्तिमा बारले १०९ दिनसम्म गरेको आन्दोलनको स्मरण गराइएको छ ।

आन्दोलनको उपजले जबरा माथि महाभियोग प्रस्ताव संसदमा पेश भएको बारको ठहर छ । महाभियोग संसदको पूँजी बनेको बारले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया सबै