१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

सातामा १२ सयले बढ्यो सुनको मूल्य

 शनिबार, मंसिर २४ २०७९  

काठमाडौं । एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ३०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।

साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको थियो । यस्तै, सोमबार पनि उकालो लागेको सुनको भाउ मंगलबार भने घटेर बुधबार समेत स्थिर रहेको थियो । बिहीबार सामान्य उकालो लागेको सुनको भाउ शुक्रबार एकै दिन ६०० रुपैयाँले बढेको थियो ।

यस्तै, यो साता चाँदीको मूल्य समेत प्रतितोला ४५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबारसम्मा १३ सय ९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया सबै