अमेरिकामा फ्लुबाट ७ हजार ३ सय जनाको मृत्यु
शनिबार, मंसिर २४ २०७९

काठमाडौं । संयुक्त राज्य अमेरिकामा फ्लुका कारण ७ हजार ३ सय जनाको मृत्यु भएको छ ।
अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा २५ हाजरभन्दा बढी मानिस फ्लुका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ ।
मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ । यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तिमा १ करोड ३० लाख बिरामी भएको र एक लाख २० हाजर अस्पताल भर्ना भएका छन् ।
त्यस्तै? सात हजार ३ सय जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । सिन्ह्वा
प्रतिक्रिया
सबै