१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

समानुपातिको नाम टुंग्याउन सबै दल छलफलमा

 शनिबार, मंसिर २४ २०७९  

काठमाडौं । प्रतिनिधिसभामा छनोट हुने समानुपातिक उम्मेदवारहरुको नाम टुंग्याउन राजनीतिक दलहरु आज अन्तिम छलफलमा छन् ।

निर्वाचन आयोगले समानुपातिक सांसदको नाम बुझाउनका लागि आज ४ बजेसम्मको समय दिएको छ । समानुपातिक निर्वाचनको मतपरिणाम आएसँगै कुन पार्टीले कति सिट पाउने भन्ने टुंगो लागिसकेको छ ।

आज दलहरुले आज निर्णय गरेर आयोगमा नाम बुझाउने छन् । चुनावअघि आयोगलाई बुझाएको बन्द सूचीबाट दलहरुले नाम छनोट गर्नुपर्ने छ । त्यसकारण सबै दलहरु आज आन्तरिक वैठकमा जुटेका छन् ।

समानुपातिकमा सवैभन्दा बढी एमालेले ३४ सिट पाएको छ । यस्तै, दोस्रो स्थानमा रहेको कांग्रेसलाई ३२ सिट प्राप्त भएको छ । त्यसपछि क्रमशः नेकपा माओवादीले १४, राष्टिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सिट जितेका छन् ।

दलहरुले आफूले पाएका सिटमा नाम छनोट गर्न अहिले बैठक बसिरहेका छन् । चुनावपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको वैठक अहिले असिरहेको छ ।

नेकपा एमालेले समानुपातिकतर्फ सर्वाधिक सिट जितेको छ । एमाले पनि अहिले पार्टीको सचिवालय वैठक केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ ।

तेस्रो दल बनेको नेकपा माओवादीले भने हिजो नै वैठक राखेर छलफल गरेको थियो । महिलाको कोटामा सबै नामहरु फाइनल भएको छ तर, दुई पुरुषको कोटामा विवाद रहेको स्रोतको भनाई छ । अन्ततः अध्यक्ष प्रचण्डले नै निर्णय लिने वैठकमा सहमति भएको बताइएको छ ।

त्यस्तै, चुनावपछि चौंथो ठूलो दल बनेको रास्वपाले पनि अहिले वैठक बोलाएको छ । जनमत पार्टीले भने समानुपातिकको नाम टुंग्याइसकेको छ ।

प्रतिक्रिया सबै