१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

रेशमलाई रिहा गरे सरकारमा सहभागी हुने नागरिक उन्मुक्ति पार्टीको निर्णय

 शनिबार, मंसिर २४ २०७९  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा भए सरकारमा सहभागी हुने जनाएको छ ।

शुक्रबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

रेशमलाल लगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए । सो पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजयी प्राप्त गरेको छ ।

प्रतिक्रिया सबै