जनतालाई पूरा गर्न नसकिने आश्वासन दिनुहुन्न : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिन नहुने बताएका छन् ।
शनिबार भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिँदै अध्यक्ष नेपालले जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिँदा गाह्रो हुने बताएका हुन् ।
विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिएको बताउँदै अब आश्वासन दिँदा पनि गाह्रो हुने उनको भनाई छ । ‘अब यो आश्वासन दिँदा पनि गाह्रो हुदो रहेछ । तर हाम्रो बानी के छ भने धेरै आश्वासन दिने धेरै कुराहरु गर्ने त्यहाँ ठाउँ राख्नुपर्नै रहेछ’, उनले भने— ‘म सक्दो कोशिस गर्छु भनेर भन्नुपर्दो रहेछ किनभने मान्छेले सबै कुरा पुरा गर्न सक्दैन । जनताको आकंक्षा असिमित हुन्छ । आंकक्षाहरु पुरा गर्न सकिँदैन र तर गर्नेपर्ने आवश्यकताहरुमा पुरा गर्न कोसिस गर्नुपर्छ ।’
चुनावमा पराजित भएका नेताहरुलाई जनतालाई मन नपराएको संज्ञा दिए । ‘जनताले मन पराएका छ्रैनन् भने फकाउन पनि सक्नुपर्छ । जनतलाई मिलाउन सक्नुपर्छ’, उनले भने— ‘जनतालाई साथमा लिने फकाउने जनताको समस्या साथमा लिने हो भने जनतलाई पुग्यो । जनताको माग पनि त्यस्तो असम्भव भन्ने छैन । ’