सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला
शनिबार, मंसिर २४ २०७९

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा भेटिएका छन् । ५ वर्षअघि नेपाली सेनाबाट अवकास पाएका महत शनिबार बिहान मृत भेटिएका हुन् ।
बुढानीलकण्ठ ९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवास उनी झुण्डिएको अवस्थामा भेटिएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार महतको मृत्युको कारण खुलेको छैन ।
महत ६२ वर्षका थिए । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । पोस्टमार्टम सकेर परिवारले महतको शव दाहसंस्कारका लागि बुझेका छन् ।
महत हास्यव्यंग्यकार समेत हुन् । उनका ‘चिप्ला कुरा’, ‘एकै ड्याङका मुला’, ‘दुवै हातमा लड्डु’, ‘कुर्सीको जय होस्’, ‘भालुलाई पुराण’, ‘चोरको खुट्टा काट्’, ‘आफ्नो हात जगन्नाथ’, लगायत कृति प्रकाशित छन् ।
प्रतिक्रिया
सबै