२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

कितियाको फेक फोटो प्रकरण बन्यो चोरीको मुद्दा !

 शनिबार, मंसिर २४ २०७९  

काठमाडौं । हिउँ चितुवाको ‘फेक फोटो प्रकरण’बारे अर्को तथ्य बाहिर आएको छ । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली ‘फेक’ भएको अल्पाइन म्यागाजिनले पुष्टि गरेको थियो ।

यसैबारे फेरि उक्त म्यागेजितले अर्को तथ्य पत्ता बाहिर ल्याएको हो । अब यो फोटो चोरीको मुद्दा बनेको हो । समाचारमा जनाईए अनुसार पावलोव्स्कीले खिचेको भनिएको तस्वीर वास्तवमा मंगोलियाका वाइल्डलाइफ फोटोग्राफर भिन्सेन्ट कार्डियरले खिचेका हुन् । सोही तस्वीरलाई जोडजाड गरी कथित कितिया पावलोव्स्कीले सगरमाथाको जस्तै देखाएको अल्पाइनको रिपोर्टमा उल्लेख छ ।

माथिको पहिलो फोटो मंगोलियन फोटोग्राफरको सक्कली हो । कितिया पावलोव्स्कीले सोही फोटोबाट एउटा हिउँ चितुवा क्रप गरी ब्याकग्राउण्ड मिलाएर नेपालमा खिचेको भनी प्रचार गरेकी थिइन् ।

हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले यसअघि चर्चित फोटोको ‘फ्याक्ट चेक’ गरेको थियो ।

‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्या सार्वजनिक भएको थियो ।

उक्त म्यागजिनका अनुसार तस्बिरमा रहेको प्रकाशको उपस्थिति अनौठो देखिएकाले फोटोमाथि विश्लेषण गरिएको थियो । सो क्रममा हिउँ चितुवा रहेको पृष्ठभूमि पछाडिको हिमाल अन्यत्रकै रहेको र त्यहाँ फोटो म्यानिपुलेसन गरी राखिएको म्यागेजिनको भनाइ छ । अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो ।

उक्त म्यागेजिनले फोटोग्राफरको सामाजिक सञ्जाल (इन्स्ट्राग्राम) मा पनि शंका गरेको छ । ‘फोटोग्राफरको इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फोटो छन्, जसमा ४ वटा हिउँ चितुवाको छ र एउटा उनको छ । अरु ग्यालरी किन देखिएन ?’ म्यागेजिनले प्रश्न पनि गरेको छ ।

यस अगाडि कुनै वन्यजन्तु फोटोग्राफीमा काम गरेको तस्बिर पनि नभएको भन्दै म्यागाजिनले फोटोग्राफर नै नक्कली भएको उल्लेख गरेको छ । म्यागाजिन भनेको छ- ‘किटिया वन्यजन्तु फोटोग्राफीमा भन्दा फोटोसपमा अब्बल देखिएकी छन्’

उनको उक्त तस्बिर काठमाडौंस्थित अमेरिकी राजदूतावासले कात्तिकको २८ गते आफ्नो आधिकारीक फेसबुकपेजमार्फत सार्वजनिक गरेको थियो । कितियाले उक्त फोटो असोजको २२ गतेका दिन आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिईन् । सगरमाथामा खिचिएको हिउँ चितुवाको ती तस्बिर अमेरिकी फोटोग्राफर कितिया पावोलोब्स्कीले खिचेको दूतावासले जनाएको थियो । उक्त फोटोहरु नेपालमा भाइरल भएको थियो ।

प्रतिक्रिया सबै