२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

रास्वपाले टुंग्यायो समानुपातिक सांसद

 शनिबार, मंसिर २४ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ ।

प्रवक्ता मुकुल ढकालले दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएको बताए ।

त्यस्तै, मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका छन् ।

प्रतिक्रिया सबै