विश्वकप फुटबल : सेमिफाइनल समीकरण पूरा, यस्तो छ खेल तालिका

काठमाडौं । कजारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगेका हुन् । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो ।
पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुँदैछ । क्रोएसिया जारी विश्वकपमा अपराजित छ भने अर्जेन्टिना मूहको चरणको पहिलो खेलमै साउदी अरेबियासँग हारेको थियो ।
यस्तै, अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ ।
जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचेको छ । मोरक्को पनि यस विश्वकपमा अपराजित छ । बेल्जियम र क्रोएसिया जस्तो टिम रहेको समूहमा विजेता बनेको मोरक्कोले नकआउट चरणमा स्पेन र पोर्चुगललाई हराएको थियो ।
पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोले अब साविक विजेता फ्रान्सको सामना गर्ने भएको छ । फ्रान्सले इंग्ल्याण्डलाई २—१ ले हराएर लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाएको छ । चार वर्षअघि २०१८ मा रुसमा फ्रान्सले क्रोएसियालाई हराएर उपाधि जितेको थियो ।
क्रोएसिया पनि लगातार दोस्रो पटक सेमिफाइनलमा पुगेको छ । अर्जेन्टिनान भने २०१४ पछि सेमिफाइनलमा प्रवेश गरेको हो । २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना फाइनल पुगे पनि जर्मनीसँग पराजित भएपछि उपविजेता बनेको थियो ।
सेमिफाइनल खेल
क्रोएसिया भर्सेस अर्जेन्टिनाबीच मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, मोरक्को भर्सेस फ्रान्स मंसिर २८ गते बुधबार मध्यराति पौने १ बजे हुनेछ ।