नेयमारको भावुक पोस्ट : यो हारपछि म मानसिक रूपमा टुटेको छु

काठमाडौं । ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले ‘यो हार लामो समयसम्म याद रहिरहने’ बताएका छन् । फिफा विश्वकप २०२२ को सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि सामाजिक सञ्जालमा भावुक पोस्ट गरेका हुन् ।
‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुर्याएको छ । दुःखको कुरा हो तर यो हार मलाई लामो समयसम्म याद रहनेछ’, उनले लेखेका छन् । ‘मैले खेल सकिएपछि १० मिनेटसम्म केही सोच्न सकिनँ, मलाई सुरुमा पक्षाघात भएको जस्तो भयो र त्यसपछि म रुन थालेँ ।’
उनले भनेका छन्- ‘हामी अन्तिमसम्म लड्यौं । मलाई मेरा सहकर्मीहरूप्रति गर्व छ किनभने हाम्रो इच्छा र प्रयासको कमी थिएन । हामी जित्नका हकदार थियौं तर सायद यो ईश्वरको इच्छा थिएन ।’
नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने लेखेका छन् । नेयमार अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समावेश छन् ।
१२४ खेलमा ७७ गोल गर्दै उनले चर्चित फुटबल खेलाडी पेलेको बराबरी गरेका छन् । तर, पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् ।
शुक्रबार भएको फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४–२ गोल अन्तरले पराजित गरेको छ । क्रोएसियाको यो प्रदर्शन विश्वभरका खेलप्रेमीका लागि स्तब्ध थियो । हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।
View this post on Instagram