रोनाल्डोलाई गर्लफ्रेन्ड जर्जिनाको सान्त्वना- प्रशिक्षकले गलत निर्णय गरे

काठमाडौं । क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड जर्जिना रोड्रिगुएज पुनः प्रशिक्षक फर्नान्डो सान्तोसमाथि आक्रोस व्यक्त गरेकी छन् । पोर्चुगल विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएको छ । रोनाल्डोलाई पुनः सुरुआतीः११ मा नराखेपछि जर्जिनाले सान्त्वना दिँदै प्रशिक्षक सान्तोषले गलत निर्णय गरेको उल्लेख गरेकी छन् ।
खेलपछि भक्कानिएर बाहिरिएका रोनाल्डोलाई सान्त्वना दिँदै जर्जिनाले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्- ‘आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरेका छन् ।’
प्रशिक्षक सान्तोसले क्वाटर फाइनलमा रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराएका थिए । मोरक्कोले पहिलो हाफमै अग्रता लिएको थियो । यसअघि प्रिक्वाटरफाइनलमा पनि सान्तोसले रोनाल्डोलाई सुरुवाती-११ मा समावेश गरेका थिएनन् । सान्तोषले आफूलाई रोनाल्डोको साथीका रूपमा उल्लेख गर्दै आएका छन् ।
जर्जिनाले रोनाल्डोले सान्तोषको निकै प्रशंसा गर्ने गरेको भए पनि सान्तोषले पछिल्लो समय उनीप्रति गलत निर्णय गर्दै आएको बताएकी छन् । जर्जिना शनिवारको पोर्चुगल-मोरक्को खेल हेर्न मैदानमै पुगेकी थिइन् । तर आफूलाई सुरुवाती—११ मा नराखेपछि रोनाल्डो बेन्चमा निकै निराश देखिन्थे ।
‘त्यही मान्छेले तिमीलाई मैदानमा राख्दा धेरै कुरा परिवर्तन भएको थियो तर यो ढिलो भइसकेको थियो’, रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराइएको थियो । त्यसपछि परिवर्तन संकेत गर्दै जर्जिना लेख्छिन्- ‘सर्वोत्कृष्ट खेलाडीलाई अन्डरएस्टीमेट गर्न हुँदैन, किनभन्दा सबैभन्दा शक्तिशाली हतियार उनै हुन्छन् । जीवनलाई हामीले पाठ दिन्छ । आज हामीले हारेनौँ, सिक्यौँ । हामी तिम्रो प्रशंसा गर्छौँ।’