६ महिनामा ५४ हजार बढी डेंगी संक्रमित, ६७ जनाको मृत्यु
आइतवार, मंसिर २५ २०७९

काठमाडौं । नेपालमा पछिल्ला ६ महिनामा ५४ हजारभन्दा बढी मानिसमा डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकानुसार जुलाईयता आजसम्म ५४ हजार ६७ जना संक्रमित पहिचान भएका छन् ।
यो वर्ष जनवरीदेखि नै फाट्टफुट्ट ‘केस’ देखिए पनि जुलाईयता भने संक्रमणले उच्च रूप लिएको थियो । ६ महिनामध्ये सबैभन्दा धेरै सेप्टेम्बरमा २७ हजार ५२९ जनामा डेंगी पहिचान भएको थियो । अक्टोबरमा १७ हजार ८८९, नोभेम्बरमा चार हजार ४२ र डिसेम्बर ११ सम्म १७९ जनामा डेंगी पुष्टि भएको हो ।
महाशाखाका अनुसार यो वर्ष डेंगी संक्रमितको संख्या ५४ हजार २३२ पुगेको छ । यो ६ महिनामा डेंगी संक्रमणका कारण ६७ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया
सबै