यी हुन् एमालेका १०४ जना समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) सचिवालयको १४ औं बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ समानुपातिकको सूची टुंगो लगाएको छ । शनिबार बसेको एमाले बैठकले सूची तयार पारेर निर्वाचन आयोगमा बुझाएको हो ।
बैठकले पार्टीविरुद्धमा लागेको भन्दै केही सदस्यहरूलाई कारबाही पनि गरेको छ । कारबाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह, केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी), केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी साह (कैलाली) छन् ।
समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकी जैनव खातुन पनि पार्टीविरोधी गतिविधिमा लागेकाले उनको नाम पनि सूचीबाट हटाइएको छ । नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा ३४ जना र सात प्रदेशसभामा ७० जना प्रदेशसभा सदस्य गरी १०४ जना निर्वाचित हुनेछ ।
प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतीमा–१४ जना, गण्डकीमा–१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा–७ जना निर्वाचित भएका छन् ।
समानुपातिक सांसदको नामावली