११ मंसिर २०८०, सोमबार Monday 27 November, 2023

फेसबुकबाट शारीरि सम्पर्कको प्रस्ताव : ‘हनिट्रयाप’ मा पारेर करोडौं बार्गेनिङ गर्ने ३ जना पक्राउ

 आइतवार, मंसिर २५ २०७९  

काठमाडौं । दाङमा एकजना व्यवसायीलाई सामाजिक सञ्जाल मेसेन्जर र मोबाइलबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कार मुद्दा हाल्ने भनी मोटो रकम ब्ल्याकमेलिङ गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट हनि ट्रयापमा संलग्न २ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका इन्सपेक्टर सञ्जिव बेलबाँसेले बताए ।

उनले पक्राउ पर्नेमा घोराही—१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा(६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज रहेको बताए ।

उनका अनुसार उनीहरूले तुलसीपुरका एकजना व्यवसायीलाई मेसेन्जर र मोबाइलबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कार मुद्दा हाल्ने भनी मोटो रकम ब्ल्याकमेलिङ गरेका थिए ।

दाङ प्रहरीका डीएसपी तथा प्रवक्ता राजन गौतमले उनीहरीबीचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझिसकेको बताए । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा ३ जनालाई पक्राउ गरिएको उनले बताए ।

पीडित व्यवसायीले आफूलाई यौन सम्पर्कको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीका अनुसार घटनाको मतियारको रूपमा पक्राउ परेकी अनुष्कासँग दुई वटा नागरिकता रहेको पनि पाइएको छ । तीनजनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै