नेपालका ‘अवतार २’को अग्रिम टिकट बिक्री आक्रामक

काठमाडौं । यस वर्षकै बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा अग्रिम टिकट आक्रामक भएको छ ।
सोमबार मध्यान्हसम्म मुख्य मल्टिप्लेक्स चेनमा ‘अवतार : द वे अफ वाटर’को ५० प्रतिशत टिकट बिक्री भइसकेको छ । १३ वर्षपछि प्रदर्शन हुन लागेको यस फिल्मले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङको संकेत गरेको छ ।
हलले बुकिङ नभएर अग्रिम टिकट बिक्री खुलाएका हुन् । क्यूएफएक्सले थ्रीडीतर्फ ४७ शो र टुडीतर्फ १३ गरेर कुल ६० शो दिएको छ ।
फिल्मको लम्बाइ नै ३ घण्टा १० मिनेट भएकाले शो संख्यामा कमी देखिनु स्वाभाविक हो । यो फिल्मले हलको साढे तीन घण्टा समय होल्ड गर्ने भएको छ ।
‘अवतार २’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँ ग्रसभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएमा फिल्मको सप्ताहन्त ओपनिङ तीन करोड पार गर्ने प्रारम्भिक मूल्यांकन छ । नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।
यो पनि
विश्व प्रतीक्षित फिल्म ‘अवतार’को ट्रेलर : पाण्डोरा ग्रहमा सेना र आदिवासीबीच लडाइँ (भिडियो)