पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान, १० जनाको मृत्यु
सोमवार, मंसिर २६ २०७९

तस्विर फाईल ।
काठमाडौं । पाकिस्तान र अफगानिस्तान सीमा क्षेत्रमा गोली हानाहान हुँदा १० जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् । घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका छन् ।
अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप छ । अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन् ।
अफगानिस्तानी सुरक्षाकर्मीले आफ्नै भूमिमा चेकपोष्ट बनाउन थालेपछि पाकिस्तानी सेनाले त्यसलाई रोकेका कारण विवाद भएपछि गोली हानाहान भएको अफगानिस्तानका सैन्य अधिकारीलाई उदृत गर्दै वेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया
सबै