सक्रिय सुरविना

काठमाडौं । अभिनेत्री तथा मोडल सुरविना कार्की नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन् । उनले बलिउड अभिनेता अनुपम खेरको विद्यालयबाट अभिनय कक्षा लिएकी छन् ।
केही वर्ष नेपाली फिल्म, म्युजिक भिडियो, विज्ञापनमा काम गरिन् । र फिल्म पढ्न भनेर भारत गएकी थिइन् । पढाइ सकेपछि उनी नेपाल फर्किए र नेपाली मनोरञ्जन क्षेत्रमा व्यस्त छन् ।
आधा दर्जन चलचित्र र सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुरबिना अभिनित चलचित्र ‘काँडेतार’ रिलिजको तयारीमा छ । यसअघि उनले झेली, नाइके, लुकामारी, सुश्री लगायतका चलचित्रमा अभिनय गरिसकेकी थिइन् भने उनलाई झेलीले केही अवार्ड समेत दिलाएको थियो ।
उनले अभिनय गरेको दर्जनौं म्युजिक भिडियो हिट छन् । उनले काँडेतार नेपाली चलचित्रको इतिहासमा कथा र यसमा रहेको राष्ट्रियता निकै राम्रो रहेको बताएकी छन् ।
सिन्धुलीमा जन्मिएकी सुरविना आजभोली काठमाडौंमै बस्छन् । उनी नेपालकी सबैभन्दा आकर्षक र सुन्दर अभिनेत्री हुन् । यस्ता छन् हामीले उनको फेसबु्बाट साभार गरेको उनका केही सुन्दर तस्बिरहरू :