७ जेष्ठ २०८१, सोमबार Monday 20 May, 2024

नेप्से १७ अंकले बढ्यो, १ अर्ब ३६ करोडको कारोबार

 सोमवार, मंसिर २६ २०७९  

काठमाडौं । सेयर बजार मापक आज बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक करिब १७ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १५८ कम्पनीका सेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका सेयरको मूल्य बढेको छ । ४४ लाख ७० कित्ता सेयर १ अर्ब ३६ करोड रूपैयाँमा खरिद बिक्री भएका छन् ।

नेप्सेले जनाए अनुसार आज समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, नेपाल टेलिकमको सेयर मूल्य ७।४६ प्रतिशतले बढेको छ । त्यस्तै, मूल्य धेरै घट्नेमा ग्लोबल आईएमई व्यालेन्स फण्ड १ को ९.९३ प्रतिशत र कुमारी धनबृद्धि योजनाको ५।७१ प्रतिशतले मूल्य घटेको छ ।

नविल बैंकको २१ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । नविल बैंकको सेयर प्रतिकित्ता ८१५ रूपैयाँमा कारोबार बन्द भएको छ । यस्तै, कुमारी बैंकको १० लाख ७७ हजार कित्ता प्रमोटर सेयरको पनि आज कारोबार भएको छ ।

प्रतिक्रिया सबै