सुन चाँदी : आज कतिमा हुँदैछ किनबेच ?
मङ्लबार, मंसिर २७ २०७९

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
सबै