१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

सरकारमा सहभागी हुने लोसपाको निर्णय

 मङ्लबार, मंसिर २७ २०७९  

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

नेता केशव झाका अनुसार सोमबार काठमाडौंमा बसेको लोसपाका पदाधिकारहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा मिसिएको थियो । मधेशका केही स्थामा चुनावी तालमेल भएकाले पनि पनि गठबन्धनको नयाँ सरकारलाई साथ दिएर जाने निर्णय भएको झाको भनाई छ ।

झाले गठबन्धनको एक सदस्य घटक भएकाले सरकारलाई समर्थनसँगै सहभागी हुने पनि बताएका छन् । यसलाई कार्यकारिणी समितिको बैठकबाट आधिकारिकता दिने उनको भनाई छ ।

मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ ४ सिट जितेको लोसपा अझैसम्म चुनावी समीक्षा गरिसकेको छैन । कार्यकारिणी समितिको बैठकले चुनावी समीक्षा पनि गर्ने भएको छ । निर्वाचन आयोगले चुनाव सबै परिणाम सार्वजनिक गरेपछि लोसपाको बैठक बस्ने छ ।

प्रतिक्रिया सबै