गठबन्धनकै सरकार बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार बन्ने बताएका छन् ।
आफ्नो जन्मठाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा आएका अध्यक्ष प्रचण्डले बुधबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने उनको भनाई छ ।
‘सरकार गठबन्धनकै हुन्छ । अहिले सरकार गठनको विषय चलिरहेको छ । तर, नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ’, अध्यक्ष प्रचण्डले भने ।
बैठकमा सहभागी एक माओवादी नेताका अनुसार कांग्रेस दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने र आइपरे माओवादी सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने प्रचण्डले बताएका छन् ।