१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

 बुधबार, मंसिर २८ २०७९  

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि आज सार्वजनिक गरेको हो ।

आयोगले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाका अनुसार आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनेछ । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ । प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने आयुक्त थपिलयाले बताए ।

त्यस्तै, निर्वाचनमा चार हजारभन्दा बढी उमेदवारको धरौटी जफत भएको छ । प्रमुख आयुक्त थपलियाले चार हजार २८५ उमेदवारको जमानत जफत भएको बताए ।

प्रतिनिधिसभातर्फ पुरुष एक हजार ७७२ र महिला १७९ गरी एक हजार ९६१ उमेदवारको जमानत जफत भएको छ । प्रदेशसभातर्फ दुई हजार ३२४ गरी कुल चार हजार २८५ उमेदवारको धरौटी जफत भएको छ ।

यस्तै, प्रतिनिधिसभामा बन्दसूची पेस गर्ने ४० दलको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया सबै