१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

चार हजार २८५ उम्मेदवारको जमानत जफत

 बुधबार, मंसिर २८ २०७९  

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चार हजारभन्दा बढी उमेदवारको धरौटी जफत भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चार हजार २८५ उमेदवारको जमानत जफत भएको जानकारी दिए ।

प्रतिनिधिसभातर्फ पुरुष एक हजार ७७२ र महिला १७९ गरी एक हजार ९६१ उमेदवारको जमानत जफत भएको छ ।

प्रदेशसभातर्फ दुई हजार ३२४ गरी कुल चार हजार २८५ उमेदवारको धरौटी जफत भएको बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

यस्तै, प्रतिनिधिसभामा बन्दसूची पेस गर्ने ४० दलको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया सबै