विश्वकपको फाइनल खेल पोल्यान्डका रेफ्री मार्चिनियाकले खेलाउने
शुक्रबार, पुस १ २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाईनल खेलमा पोल्यान्डका सायमन मार्चिनियाकले खेलाउने भएका छन् ।
आइतबार हुने विश्वकपको फाइनल खेल लुसेल मैदानमा हुँदैछ । दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् ।
कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ । अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा सहयोग गर्नेछन् ।
प्रतिक्रिया
सबै