२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

नेता बर्षमान पुनको स्वास्थ्यमा सुधार

 शुक्रबार, पुस १ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार भएको छ । नेता पुन एक साताभित्र नेपाल फर्कने भएका छन् ।

नेता फलोअप उपचारका लागि गत १६ मंसिरमा चीन गएका थिए । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि उनी चीन गएका थिए ।

सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा पुनको उपचार सुरु गरिएको थियो । पुनको पारिवारिक स्रोतका अनुसार पुनको स्वास्थ्यमा सुधार देखिएसँगै एक साताभित्र नेपाल आउने तयारी छ ।

उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ । पुनका साथ उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्ती पनि चीन गएकी छन् । एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।

प्रतिक्रिया सबै