नेप्सेमा सामान्य सुधार

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा आज सामान्य अंकको वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत)ले वृद्धि भइ १८५८.८९ अंकमा बन्द भएको छ ।
आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार हुँदा आज कारोबार रकम भने घटेको छ । आइतबार नेप्सेमा गिरावटका बाबजुत १ अर्ब १५ करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजारको कारोबार भएको छ ।
अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ, हाइड्रोपावर, लघुवित्त र व्यापार उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.०३ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.०५ प्रतिशत तथा लघुवित्त उपसूचक ०.३२ प्रतिशत तथा व्यापार उपसूचक ०.०५ प्रतिशतले गिरावट भएको छ । यता अन्य उपसूचक सर्वाधिक १।९५ प्रतिशतले वृद्धि भएको छ ।
सोमबार बजारमा कारोबार भएकामध्ये प्राइम कमर्सियल बैंकको सर्वाधिक ६ करोड ९३ लाख ४३ हजारको कारोबार हुँदा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५ करोड ४९ लाख ४३ हजार र हिमालयन डिस्टिलरीको ४ करोड २७ लाख ९० हजारको कारोबार भएको छ ।
सोमबार नेप्सेमा २११ कम्पनीको सेयर कारोबार हुँदा १२५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार धौलागिरी लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ६।०८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५।९८ प्रतिशतले वृद्धि भएको छ ।