एमालेका नवनिर्वाचित सांसदको भोला आज
मङ्लबार, पुस ५ २०७९

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भेला आज हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिकाकाबारे जानकारी गराउनका लागि भेला आयोजना गरिएको हो ।
भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षका उमेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् ।
भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सो पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिट जितेको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ९१ र समानुपातिकतर्फ ७० सिटमा विजय प्राप्त गरेको छ ।
प्रतिक्रिया
सबै