२३ जेष्ठ २०८१, बुधबार Wednesday 5 June, 2024

नेपाल-भारत सीमा क्षेत्र जुगेडामा गोली चल्यो, १ जना घाइते

 मङ्लबार, पुस ५ २०७९  

काठमाडौं । कैलालीको धनगढीमा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको जुगेडामा सोमबार राति २ राउण्ड गोली चलेको हो ।

प्रहरी स्रोतकाअनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका छन् । सीमा क्षेत्रमा २ राउण्ड गोली चलेको भए पनि गोली कसले चलाएको हो भन्ने खुलेको छैन ।

चोरी तस्करीका क्रममा तस्करको समूहलाई अवरोध सिर्जना भएपछि गोली चलेको हुनसक्ने स्थानीय प्रशासनको अनुमान छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गोली लागेर १ जना घाइते भएको बताएका छन् ।

प्रतिक्रिया सबै