३० असार २०८१, शनिबार Saturday 13 July, 2024

अध्यादेश प्रमाणीकरणको माग गर्दै राजधानीमा विप्लव नेकपा निकट विद्यार्थीहरुको प्रदर्शन

 मङ्लबार, पुस ५ २०७९  

काठमाडौं । मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पेस गरेको अध्यादेश जारी गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।

मुलुकी फैजदारी संहित-२०७४ लाई तत्काल संसोधन गर्नेगरी सरकारले अध्यादेश ल्याएर राष्ट्रपति कहाँ पेस गरेको छ । राष्ट्रपतिबाट सो अध्यादेश जारी भएको छैन । अध्यादेश जारी गर्न माग गरेर प्रदर्शन गर्ने १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा प्रकाश सिंह छन् ।

अहिलेको राजनीतिक प्रणालीसँग असहमत राखेर हिंसात्मक क्रियाकलाप संचालन गर्ने समूह हिंसा छाड्न सहमत भएमा सो समूहका कार्यकर्ताबिरुद्धको मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन बाधा नपर्ने गरी सरकारले अध्यादेश अघि बढाएको छ ।

‘त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन नेपालका संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकल संचालन गर्ने प्रतिवद्धता जनाएमा सरकारसँग संझौता भएमा जुनसुकै अदालतमा विचारधिन मुद्दा फिर्ता लिन बाधा पर्ने छैन’, अध्यादेशमा भनिएको छ ।

अनेरास्ववियु क्रान्तिकारीका उपत्यका क्षेत्रका इन्चार्ज अटल शर्माले राष्ट्रपतिबाट अध्यादेश जारी भएमा संघर्षका कार्यक्रम फिर्ता लिने बताएका छन् ।

प्रतिक्रिया सबै