१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

मेसी विश्वकपको ट्रफी बोकेर पुगे अर्जेन्टिना

 मङ्लबार, पुस ५ २०७९  

काठमाडौं । ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको छ । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो ।

आइतबार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।

अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीले मंगलबार ब्यूनर्स आयर्सस्थित ओबिलिस्कमा विश्वकप जितेको खुसीमा विजय उत्सव मनाउनेछ ।

यो पनि

मेसीलाई वर्ल्ड स्पोर्ट स्टार अफ दी इअर अवार्ड

प्रतिक्रिया सबै