१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

कांग्रेस संसदीय दलको उम्मेदवार गगन थापालाई बनाउने इतर पक्षको निर्णय

 मङ्लबार, पुस ५ २०७९  

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ ।

मंगलबार अपराह्न सिंहदरबारस्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

कोइरालाले यसअघि आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

बैठकमा बोल्दै नेता कोइरालाले पुस्तान्तरणको पक्षमा आफू रहेको बताएका छन् । उनले गगन थापा संसदीय दलको साझा उम्मेदवार रहने बताए । ​कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया सबै