१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

कसले जित्ला ‘भ्वाइस अफ नेपाल’को उपाधि ?

 मङ्लबार, पुस ५ २०७९  

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनले आगामी शुक्रबार नयाँ विजेता प्राप्त गर्दैछ । ग्राण्ड फिनालेमा चारजना कोचका चार ट्यालेन्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

जसमा टीम राजेशपायल राईबाट सविना योङहाङ, टीम राजु लामाबाट करण राई, प्रमोद खरेलको समूहबाट योगेश मगर, टीम प्रविधा अधिकारीबाट शाहिल लिम्बु छन् ।

दर्शकले शुक्रबारको प्रसारण समयसम्मै मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न पाउने छन् । दर्शकमात्र हैन नेता पनि प्रतिस्पर्धीलाई जिताउन लागिपरेका छन् । धरानका मेयर हर्क साम्पाङले महिला प्रतिस्पर्धीलाई जिताउन आग्रह गर्दै सविना योङहाङको पक्षमा भोट मागेका छन् ।

दर्शकले ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनाले शुक्रबार राती ८ बजे हिमालय टेलिभिजनमा हेर्न पाउनेछन् । सोही फिनालेमा अर्को सांगीतिक रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रसारण हुने मिति पनि घोषणा हुने बताइएको छ ।

४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

प्रतिक्रिया सबै