एमाले संसदीय दलको नेतामा ओली चयन
मङ्लबार, पुस ५ २०७९

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् ।
अध्यक्ष ओलीलाई मंगलबार बसेको संसदीय दलको बैठकले निर्विरोध दलको नेता चयन गरेको हो ।
सांसद ठाकुर गैरेका अनुसार उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् ।
दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया
सबै