६ मंसिर २०८०, बुधबार Wednesday 22 November, 2023

महानगरले धोबीखोला किनारका अतिक्रमित संरचनामा चलायो डोजर

 बुधबार, पुस ६ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ ।

देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्साविपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

धोबीखोला किनारमा अतिक्रमित संरचनामा महानगरपालिकाले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेको भागाभाग भएको छ ।

महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका हुन् ।

डोजरले आफूले व्यापार गर्दै आएको र बस्दै आएको ठाउँ भत्काउने भएपछि उनीहरुले सामान सार्न थालेका हुन् ।

प्रतिक्रिया सबै