म सरकारमा जान्न, संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रित हुन्छु : गगन थापा
बुधबार, पुस ६ २०७९

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले आफू भावी सरकारमा सामेल नहुने बताएका छन् ।
उनले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रित हुने अभिव्यक्ति दिएका छन् । संसदीय दलको नेता चयनको मतपरिणाम सार्वजनिक भए लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने बताए ।
‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरु साथीहरु जानु हुन्छ । कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने मेरो सोच हो म त्यसमा लागिरहन्छु । म कांग्रेसको महामन्त्री पनि हुँ र सांसद पनि हुँ । त्यही रुपमा आफूले गर्नुपर्ने काम गरिरहन्छु’, उनले भने ।
प्रतिक्रिया
सबै