संसारका ५० महान् अभिनेताको सूचीमा शाहरुख
बुधबार, पुस ६ २०७९

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान संसारका ५० महान् अभिनेताको सूचीमा परेका छन् । शाहरुख प्रतिष्ठित ब्रिटिश म्यागजिन ‘एम्पायर’ले जारी गरेको ‘अल टाइम ५० ग्रेटेस्ट एक्टर्स’ अर्थात संसारको ५० महान् अभिनेताको सूचीमा परेका हुन् ।
उनी म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको उक्त सूचीमा पर्ने एकमात्र भारतीय नागरिक हुन् ।
५७ वर्षीय अभिनेतालाई समावेश गरिएको म्यागजिनको सूचीमा डेनजल वासिङ्टन, टम ह्याक्स, एन्थोनी मार्लोन ब्रान्डो, मेरिल स्ट्रिप, ज्याक निकोल्सन, आदि जस्ता धेरैहलिउड दिग्गजहरू रहेका छन् । सूचीको पहिलो स्थानमा हलिउड अभिनेता डेन्जल वासिङ्टन रहेका छन् ।
प्रतिक्रिया
सबै