२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

 बुधबार, पुस ६ २०७९  

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको हो ।

लोसपाका कार्यालय सचिव प्रदीप पाठकका अनुसार संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइनेछ । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

प्रतिक्रिया सबै