गठबन्धनकै सरकार बन्छ : प्रचण्ड
बिहिबार, पुस ७ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार गठबन्धनकै बन्ने बताएका छन् । संघीय संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहपछि संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अब बन्ने सरकारको प्रधानमन्त्री भन्नेबारेमा गठबन्धनका सल्लाह भइरहेको पनि बताए ।
जसरी निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सफल भयो त्यसैगरी सरकार पनि बन्ने बताउँदै प्रचण्डले भने- ‘सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो । आज सपथ ग्रहण पनि सफलतापूर्वक सम्पन्न भयो । अब सरकार पनि त्यसैगरी गठन हुन्छ। सरकार यही गठबन्धनको बन्छ ।’ प्रचण्डले अहिले प्रधानमन्त्री बन्ने भन्नेबारेमा सल्लाह भइरहेको बताए ।
प्रतिक्रिया
सबै