१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

 बिहिबार, पुस ७ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’सर्वसम्मत चयन भएका छन् ।

सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो । प्रमुख सचेतकमा हितराज पाण्डेलाई सर्वसम्मत चयन गरिएको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।

बैठकले दलको अन्तरिम विधान पारित गरेको र अर्को व्यवस्था नभएसम्म त्यही विधानअनुसार अगाडि बढ्ने निर्णय गरिएको छ । संसदीय दलको बैठकअघि माओवादी केन्द्र पदाधिकारी बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको थियो । माओवादी केन्द्र संसदीय दलका नवनिर्वाचित प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठकले सांसदहरुलाई कार्यशालासहित प्रशिक्षण सञ्चालन गरेर व्यवस्थित गर्ने निर्णय पनि गरेको छ ।

प्रतिनिधिसभाको उपनेता, सचेतकलगायत विषयमा भने क्रमश गृहकार्य गर्दै अगाडि बढ्ने माओवादीले जनाएको छ । माओवादी केन्द्रको उपनेतामा भने नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् ।

 

प्रतिक्रिया सबै