१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

 शुक्रबार, पुस ८ २०७९  

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको थियो ।

शुक्रबार कानुनविद् र प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग लामो समयको छलफलपछि उनले राजीनामा दिएका हुन् । उनले हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर शुक्रबार राजीनामा बुझाएका थिए ।

पार्टीको आन्तरिक छलफलको क्रममा मुख्यमन्त्रीले राजीनामा दिने बताए पनि कानुन बाध्यता नभएपछि अलमलमा परेका थिए । पाण्डेले ०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् ।

प्रतिक्रिया सबै