२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

बालुवाटारमा प्रचण्ड र देउवाबीच छलफल

 शुक्रबार, पुस ८ २०७९  

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

स्रोतका अनुसार दुई नेताबीच बालुवाटारमा छलफल भइरहेको छ । छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा पुग्दैछन् ।

बिहीबार साँझ पनि तीन नेताबीच छलफल भएको थियो । प्रधानमन्त्रीमा प्रचण्ड र देउवाले दाबी गरिरहेका छन् ।

प्रचण्डले आफू पहिलो चरणमा प्रधानमन्त्री नबने गठबन्धनको समीकरण फेरिन सक्ने संकेत गरिसकेका छन् ।

नेताहरूले भने प्रधामन्त्री, राष्ट्रपति र सभामुखलगायतका पदमा प्याकेजमै सहमति गनुपर्ने बताउँदै आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी गर्न आइतबारसम्मको समय दिएकी छन् ।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धनबाटै सरकार बनाउने समझदारी : पहिलो कार्यकाल प्रधानमन्त्री प्रचण्ड कि देउवा ?

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार !

प्रतिक्रिया सबै