स्वदेश फर्किए चार्ल्स शोभराज, विमान चढ्नुअघि भने: पेरिसमा क्रिसमस मनाउँछु

काठमाडौैं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज स्वदेश फर्किएका छन् । उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार साँझ साढे ६ बजे फ्रान्सतर्फ लागेका हुन् ।
उनी कतार एयसवेजको विमान स्वदेश फर्किएका हुन् । केन्द्रीय कारागार सुन्धारबाट छुटे लगत्तै अध्यागमन विभाग पुगेका उनले आफू आजै स्वदेश फर्किन चाहेको बताएका थिए ।
उनले कागजी प्रक्रिया पूरा गरिदिन माग गर्दै आजै फ्रान्स फर्किन चाहेको बताएका थिए । विमानस्थलमा कतारक उड्नुअघि अध्यागमनका कर्मचार र प्रहरीसित उनले पेरिसमा गएर क्रिसमस मनाउने बताएका छन् । पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका हुन् ।
उनले सञ्चार माध्यमसँग बोल्ने केही कुरा आफूसँग नभएकाले पत्रकारको अघि नपरेको पनि बताएका अध्यागमनका एक कर्मचारीको भनाई छ ।
५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भएका हुन् । उनी खुसी देखिएका थिए । अध्यागमनका एक कर्मचारीका अनुसार उनी निक्कै खुसी भएर बिदा हुँदै हँसिलो मुहारमा विमान चढेका थिए ।
कतार एयरवेजमार्फत डिपोर्ट भएका उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर पेरिस उड्ने छन् । उनी फ्रान्सको समय अनुसार शनिबार बिहान ६ः३५ बजे पेरिसमा उत्रने छन् ।